ताजा खबर News

त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो
car-accident-graphic-demo भदाै २४ ।पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ । मुग्लिन हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना३ख ६०१७ नंको ट्रक बिहान १०ः४५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ । एक सय ५० मिटर तल नदीमा ट्रक खसेको हो ।  ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रजनाएको छ  ।

Accident

विशेष