ताजा खबर राजनीति News

मन्त्री नपाए आत्महत्या गर्छु भन्ने माओवादी केन्द्रका नेताले पाए सचेतकको जिम्मेवारी

मन्त्री नपाए आत्महत्या गर्छु भन्ने माओवादी केन्द्रका नेताले पाए सचेतकको जिम्मेवारी

Tekभदौ २४ । माओवादी केन्द्रले संसदीय समितिमा रहेका विभिन्न सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।संसदीय समितिका विभिन्न पदमा रहेका व्यक्ति मन्त्री भएपछि माओवादी केन्द्रले खाली रहेका ती स्थानमा जिम्मेवारी हेरफेर गरेको हो । माओवादी केन्द्रको संसदीय दल वैठकले प्रमुख सचेतकको जिम्मेवारी टेकबहादुर वस्नेतलाई दिएको छ । हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएपछि माओवादी केन्द्रले बस्नेतलाई सो जिम्मेवारी दिएको हो ।

त्यस्तै बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा हरिवोल गजुरेललाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सभापति रहेका जनार्दन शर्मा उर्जामन्त्री भएपछि उनको ठाउँमा माओवादीले गजुरेललाई सिफारिस गरेको हो त्यस्तै बैठकले संसदीय सुनुवाई समितिको सदस्यमा अग्नि सापकोटा र विकास समितिको सदस्यमा टोपबहादुर रायमाझीलाई पठाउने निर्णय गरेको छ ।

यस्तै पार्टीको संसदीय वोर्डको सचिवमा रामनारायण बिडारी चयन भएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको थियो ।

Tek Bahadur Basnet

विशेष