विदेश

रसियाको नदीमा पानी एक्कासी रातो किन ?

रसियाको नदीमा पानी एक्कासी रातो किन ?
russia भदौ – २४ । रसियाको एक नदीको पानी एकाएक रातो भएपछि स्थानीय आश्चर्यचकित भएका छन् । नोरिलिक्स शहरस्थित डाल्डीकन नदीको पानी एक्कासी रातो भएको हो । नदीको पानी पुरै रातो भएको फोटो अहिले सामाजिक सञ्जालहरुमा समेत भाइरल भइरहेको छ । स्थानिय अधिकारीहरुले नदीको पानी रातो भएको पुष्टी गरेपनि यसको कारण पत्ता लाउने प्रयास गरिरहेका छन् । रसियाको प्राकृतिक स्रोत एवं वातावरण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नजिकै रहेको मेटालर्जिकल प्लान्टको पाइप फुटेपछि त्यहाँबाट निस्केको रसायनका कारण नदिको पनि रातो देखिएको र अनावश्यक हल्लामा नलाग्न सर्वसाधारणलाई आह्वान गरेको छ । नोरिलिक्स निकेल प्लान्ट विश्व कै सबैभन्दा ठुलो निकेल उत्पादक कम्पनी हो । त्यस कम्पनीले आफ्नो कारण घटना नभएको दाबी गरेको छ । स्थानिय पत्रिकाहरुले भने नदीको पानी रातो भएको यो पहिलो पटक नभएको बताएका छन् । ती अखबारहरुले यसबारे विस्तृत विवरण भने दिएका छैनन् ।

red water Russia

विशेष