News

प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र महतोले बुझाए भारत भ्रमणका बारेमा ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र महतोले बुझाए भारत भ्रमणका बारेमा ज्ञापनपत्र
prachanda-vs-rajendra भदौ - २४ ।  नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । महतोले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डा समेटिएको ज्ञापनपत्र समेत बुझाएका छन् । महतोले ज्ञापनपत्रमा नेपाल–भारतबीच चिसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँगको भेटमा आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेसी युवाको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’समावेश गर्न, तराई–मधेस हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण दुई देशबीचको आपसी हित र सम्बन्ध विस्तारमा केन्द्रित रहने उनले महतोलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।

pm pushpa kamal dahal prachanda rajendra mahatto

विशेष