विदेश

अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजिनामा

अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजिनामा
hovik-abrahamyan_2 भदाै - २४ । अर्मेनियाका प्रधानमन्त्री होभिक अब्राहम्यानले बिहीबार आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् । सरकारी स्तरमा भएको छलफलमा प्रधानमन्त्री पदबाट राजिनामा दिँदा राष्ट्रपति सेर्ज सार्कस्यानलाई नयाँ मन्त्रीमण्डल नियुक्त गर्न सजिलो हुने कुरा प्रधानमन्त्री अब्राहम्यानले बताएका छन् । आफ्नो पदबाट राजिनामा गर्नु परेको कारणमा देशको आर्थिक बृद्धि अति विलम्ब गतिमा अगाडि बढी रहेको र हिंसामा द्रुततर बृद्धि भईरहेको भनी उनले अाफ्नाे वक्तव्य रादेका छन् ।  करिब ३० प्रतिशत अर्मेनियाली जनताहरु सरकारले निश्चित गरेको गरिबीको रेखा मुनि रहेको एसियाली बिकास बैंकले जानकारी दिएको छ ।  सन् १९९५ मा मुलुकको संसदः राष्ट्रिय सभामा निर्वाचित भएपछि प्रधानमन्त्री अब्राहम्यानले आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए । राष्ट्रिय महत्वका बहूसंख्यक उच्च ओहोदा सम्हाल्दै राष्ट्रिय सभाको अध्यक्ष पदको जिम्मेवारी समेत बहन गरिसकेका अब्राहम्यानले सन् २०१४ को अप्रिलमा प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए ।  -सिन्ह्वा

armeniya hovik abrahamyan

विशेष