News

नेपाली अदुवा भारतमा निर्यात गर्न प्रतिबन्ध खुला

नेपाली अदुवा भारतमा निर्यात गर्न प्रतिबन्ध खुला
aduwA भदौ – २४ । नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै गत ११ दिनदेखि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ । भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो । तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषादी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो । भदौ १५ गतेदेखि भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान मारमा परेको थिए । भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरु निर्यात खुलाउने पहल गर्न सरकारसँग माग गरिरहेका थिए । भारतको यस निर्णयसँगै नेपाली अदुवा शुक्रबारबाट नै भारत निर्यात गर्न सकिने छ ।

aduwa nikasi khulyo

विशेष