News

बलि दिन युवती अपहरण गर्ने युवा पक्राउ

बलि दिन युवती अपहरण गर्ने युवा पक्राउ
apaharan भदौ २४ । एकजना १६ वर्षीया युवतीलाई बलि दिनका लागि अपहरण गर्ने युवालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गर्न सफल भएको छ । तान्त्रिक विधिबाट हड्डी जगाई चमत्कारिकरुमा आर्थिक लाभ लिने भन्दै १६ वर्षीया युवतीलाई सानोभर्याङ्ग, काठमाडौंबाट अपहरण गरी नागार्जुनस्थित घरमा बन्धक बनाएक अभियोगमा प्रहरीले तनहुँको ब्यास नगरपालिका-६ रुम्सीगाउँ निवासी ३७ वर्षीय भोज बहादुर थापालाई पक्राउ गरेको हो । युवतीलाई बलि दिनका लागि अपहरण गरी नागार्जुनस्थित घरमा बन्धक बनाएर फरार रहेका थापालाई सीआईबीको टोलीले पोखरा प्रहरीको सहकार्यमा पोखरा - ६ लेकसाइडबाट मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले बिहीबार काठमाडौं जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । अदालतले सोही दिन थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको सीआईबीले जानकारी दिएको छ। ती युवतीलाई बलि दिनका लागि थापासँगै मिलेर अपरहण गर्नेहरुमा भोजबहादुर थापा, तान्त्रिक भनिएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुन मगर, उदिमबहादुर पुन र भिमबहादुर भुजेल संलग्न रहेको सीआईबीले जनाएको छ । उनीहरुले साउन १४ गते सानोभर्याङ्गबाट अपहरण गरी नागार्जुन पुर्याइएकी ती युवती साउन ३२ गते उनीहरुबाट फुत्केर भाग्न सफल भएकी थिइन् । प्रहरीले थापाको निवासबाट पुरातात्विक वस्तुहरु समेत बरामद भएको जनाएको छ । घटनापछि फरार रहेका अन्य अभियुक्तहरुलाई प्रहरीले तत्कालै पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाइएको थियो । त्यो मुद्दामा अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । प्रहरीले पीडकहरुबाट पीडित युवतीलाई क्षतिपूर्ति भराउन पनि अदालतमा माग गरेको थियो । कारोबारबाट

Apaharn Pakrau youbati

विशेष