News

भैरहवामा अखाद्य पेय पदार्थ नष्ट

भैरहवामा अखाद्य पेय पदार्थ नष्ट
myad-nagheka भदौ – २४ । रुपन्देहीको भैरहवामा विभिन्न पसलहरुबाट म्याद नाघेका ५६१ लिटर अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । बजार अनुगमनको क्रममा लुम्बिनीका विभिन्न पसलहरुबाट बरामद म्याद नाघेका अखाद्य पेय पदार्थ नष्ट गरिएको हो । पर्यटकिय स्थल लुम्बिनीमा गरिएको अनुगमनको क्रममा बुद्ध मिनी मार्केट, मिनी मार्ट महिलवार, केपी मिनी मार्ट र जय श्री कृष्णा टेड्रसबाट म्याद नाघेका पेय पदार्थ (फेन्टा, कोकाकोला, स्प्राइट) अखाद्य अचार, दालमोठ र खाने तेल बरामद गरी नष्ट गरिएको हो । अनुगमनकर्ताले पसल सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतावनी दिएको र पुनः अखाद्य बस्तुको बिक्री वितरण गरेको पाइएमा कडा कारवाही गरिने बताएका छन् । साथै उपभोक्ता पनि सचेत हुन र बजारमा कालोबजारी, अखाद्य बस्तुहरुको विक्री वितरण भएको थाहा पाएमा सूचना दिन पनि आग्रह गरिएको छ ।

akhadya peya padartha Nasta Rupandehi

विशेष