News

होस्टल सञ्चालक यादव हत्याका २ अाराेपी पक्राउ

होस्टल सञ्चालक यादव हत्याका २ अाराेपी पक्राउ
hatkadi भदाै - २४ । अक्सफोर्ड होम होस्टल सञ्चालक २१ वर्षीय विनोद यादवको हत्याको अभियोगमा थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहा, गोलबजार बस्ने १९ वर्षीय कमलदेव दास र धनगढी–४ बस्ने १९ वर्षीय तितेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१३ स्थित एक घरमा यादवको यही भदौ २१ गते बिहान वीभत्स ढङ्गले हत्या गरेको अभियोगम सोही दिन प्रहरीले सिरहा, पिपरा प्रपि–७ घर भई हाल विराटनगर–१३ बस्ने २१ वर्षीय राकेशकुमार यादव र सिरहा, सोठिआइन बस्ने १७ वर्षीय कृष्णकुमार यादव तथा सप्तरी, मोंवाहा–९ बस्ने जीतेन्द्रकुमार साहलाई पक्राउ गरेको थियो । सबै अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी म्याद थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

Biratnagar hatya hotel sanchalak Pakrau

विशेष