विदेश

ड्राइभरले फोनमा कुरा गर्दा २१ को ज्यान गयो

ड्राइभरले फोनमा कुरा गर्दा २१ को ज्यान गयो
bus भदौ - २४ । भारतको ओडिसा राज्यको अंगुल जिल्लामा शुक्रबार बिहान एउटा यात्रुवाहक बस पुलबाट करिब ५० फिट तल खस्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ । पुलबाट साइकलमा गइरहेका एक बालकलाई जोगाएर बसलाई अघि बढाउने क्रममा नियन्त्रण गुमाएपछि उक्त बस दुर्घटनामा परेको हो । घाइतेहरुलाई अंगुल र कटकको अस्पतालमा भर्ना गरिएको छ । बौद्ध जिल्लाबाट अंगुल जिल्लाको अथामाल्लिक गइरहेकोे थियो । प्रत्यक्षदर्शी अरुण बेहरालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुका अनुसार बस पुरानो मानित्री पुलबाट अघि बढिरहेको थियो । यो घटना हुँदा बसका ड्राइभर मोबाइल फोनमा बोलिरहेका थिए । त्यहीबेला साइकलमा आइरहेको बालक बसको अगाडि आइपुग्दा ड्राइभरले नियन्त्रण गुमाएका थिए । सामुन्ने आएका बालकलाई बचाउने क्रममा ड्राइभरले नियन्त्रण गुमाएपछि बस  पुलमुनी खसेको बताइएको छ । दुर्घटनामा परेर १४ जनाको घटनास्थलमै ज्यान गयो भने सातजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । ज्यान गुमाउनेहरुमा केही महिला र कलेजका विद्यार्थ पनि छन् । जिल्लाका कलेक्टर अनिल सैमलले यो दुर्घटनामा बस पुरा क्षतिग्रस्त भएको बताए । - एजेन्सी

Bus accident mobile phone

विशेष