अन्तर्राष्ट्रिय मान्यताका आधारमा द्वन्दकालिन मुद्दा टुङ्गो लगाइने
भदौ – २४ । द्वन्दकालिन मुद्धालाई अन्तर्राष्ट्रिय मान्यताका आधारमा टुङ्गो लगाइने भएको छ ।
कास्की बारको स्वागतमा महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले बेपत्ता, सत्य निरुपण तथा छानविन आयोगमा परेका उजुरीलाई अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा कानून बनाएर टुंग्याउने बताएका छन् ।
ऐन संशोधन गरी पीडितलाई न्याय दिने कामको तयारी भइरहेको उनको भनाइ थियो । उनले सरकारले विशेष अदालत गठनको तयारी गरिरहेको बताएका हुन् ।
माओवादी द्वन्द्वकालका गम्भीर प्रकृतिका फौजदारी अपराधको न्याय निरुपणका लागि नियमित अदालतको कानुनी प्रक्रियाबाट सम्भव नदेखिएको उनले बताए ।
Kaski
mahanyadibakta
raman kumar shrestha