
भदाै - २४ । बझाङमा एक गैर सरकारी संस्थाले विद्यालयलाई दुई सय थान कम्प्युटर निःशुल्क वितरण गरेको छ ।
आधुनिक कम्प्युटर प्रणालीबाट विद्यार्थीलाई अध्यापन गराउन जिल्लाका शारदा मावि, कुलमष्टा जन उमावि, बाठबालि मावि, शान्ति मावि, भवानि मावि, जाल्पा मावि, सुनिकोट मावि, सुनकुडा मावि, घचाया मावि र दुर्गा माविलाई युमएएन क्लस्टर बझाङ्गले निःशुल्क दुई सय थान कम्प्युटर वितरण गरेको हो ।
“विद्यालयमा विद्युत् लाइन लाइन जोडेको एक वर्ष भयो, आफ्नै क्षमताले कम्प्युटर खरिद गरेर विद्यार्थीलाई कम्प्युटर शिक्षा सिकाउन सकेका थिएनौं, अब युएमएनले २० वटा कम्प्युटर निःशुल्क रुपमा दिएपछि विद्यार्थीलाई कम्प्युटर सिकाउन सजिलो भएको छ,” कुलमष्टा जन उमाविका प्राचार्य मोहन थापाले भनेका छन् ।
उनका अनुसार अब कम्प्युटर सिक्ने निहुँमा ८ देखि १० कक्षासम्मका ३० देखि ३५ विद्यार्थी सालिन्दा अन्य विद्यालयमा जाने प्रवृत्ति हट्ने छ । परीक्षामा दिइने प्रश्न पत्र बनाउँदा पनि बर्षेनि हुने हजारौं रुपैयाँको खर्च अब नहुने भएको छ ।
विद्यालयमा गुणस्तरीय शिक्षा र कम्प्युटर प्रणालीको ज्ञान दिन १० वटा विद्यालयलाई दुई सय थान कम्प्युटर निःशुल्क वितरण गरिएको युएमएन क्लस्टर बझाङ्गका सुशासन अधिकृत राजु नेपालीले बताएका छन् ।
Bajhang
computer
samudayek bidhyalaya