विदेश

उत्तर कोरियाको परमाणु परीक्षणप्रति कडा आलोचना

उत्तर कोरियाको परमाणु परीक्षणप्रति कडा आलोचना
korea भदौ – २४ । उत्तर कोरियाले नियमित गर्दै आएको ठूलो परमाणु परीक्षणमा दक्षिण कोरियाले कडा आलोचना गरेको छ । सो कदमलाई ‘पागलशैलीको लापरवाही’को संज्ञा दिएको छ । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जङ्–अनले पागलले जस्तै लापरवाही गरिरहेको प्रतिक्रिया दिएको छ । पछिल्लो परीक्षण यसअघिका परिक्षणभन्दा दुई गुणा शक्तिशाली भएको ठानिएको छ । पछिल्लो विस्फोट दोस्रो विश्व युद्धको बेला जापानको हिरोशिमामा खसालिएको बमभन्दा पनि शक्तिशाली भएको बताइएको छ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गन–हेले पछिल्लो विस्फोटले उत्तर कोरियालाई ‘आत्मविनाश’को बाटोमा लैजाने र यसबाट उत्तर कोरियाविरुद्ध नाकाबन्दीहरु थपिने बताएकी छिन् । यसका साथै अमेरिका, चीन, जापान, रुस जस्ता राष्ट्रहरुले पनि यस कदमको गम्भीर रुपमा भर्त्सना गरेको छ । उत्तर कोरियाको भनाइमा पछिल्लो परिक्षणसंगै उसले नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको छ ।

north Korea South Korea

विशेष