News

४ महिला पत्रकार पुरस्कृत हुने

४ महिला पत्रकार पुरस्कृत हुने
sancharika-samuha भदाै - २४ । सञ्चारिका समूह नेपालद्वारा हरेक वर्ष प्रदान गरिने विभिन्न विधाका पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने भएका छन् । नागरिक दैनिकका पत्रकार भाषा शर्मालाई ‘सञ्चारिका समानता पुरस्कार २०७२’, ‘स्व उमासिंह पत्रकारिता पुरस्कार २०७२’ काभ्रेबाट पत्रकारिता गर्दै आएनुभएकी पत्रकार रमा दाहाललाई दिने निर्णय गरिएको समूहद्वारा सञ्चारिकाले जनाएको छ । त्यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७२’ अनलाइन पत्रकार फातिमा वानु र राष्ट्रिय समाचार समितिका पत्रकार शर्मिला पाठकलाई दिने निर्णय गरिएको छ । पत्रकार वानु र पाठक दुवैजना काठमाडौँबाट पत्रकारिता गरिरहेकी छिन् । नागरिक दैनिकमा प्रकाशित ‘हद म्यादको तगारो’ फिचरका लागि पत्रकार भाषा शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको समूहको अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् ।  छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने महिला पत्रकारलाई पेसामा थप उत्साह बढाउन सहयोग पुर्याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो । पुरस्कार यही भदौ २९ गते समूहको काठमाडौँमा हुने २०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रदान गरिनेछ ।

patrakar mahila puraskar sancharika samuha nepal

विशेष