व्यापार

बस र ट्रक ठोकिँदा एकको मृत्यु, २० घाइते

बस र ट्रक ठोकिँदा एकको मृत्यु, २० घाइते

Accidentभदौ २५। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ट्रकका चालक बारा, गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो । ट्रकको अगाडिका दुवै पांग्रा ‘पङ्कचर’ भएपछि बसमा ठोक्किन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३३४ नंको अर्काे ट्रक समेत अघिल्लो ट्रकमा ठोक्किएको थियो । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये बारा, कलैयाका ३६ वर्षीय लालबाबु मिया अन्सारी र मधुपुरका २५ वर्षीय सन्देश चौधरी, भारत समरनपिपुरका ३० वर्षीय अशोक गोढाध, भारत रक्सौलका १९ वर्षीय वीर सिंह र अर्काे एक गम्भीर घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

विशेष