News

'उद्योग सञ्चालन गर्ने वातावरण बनाउँछु' - उद्योगमन्त्री जोशी

'उद्योग सञ्चालन गर्ने वातावरण बनाउँछु' - उद्योगमन्त्री जोशी
Newly appointed Minister for Industry Nabindra Raj Joshi assumes his office, in Kathmandu, on Friday, August 26, 2016. Photo: RSS भदाै २५ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकभित्र उद्योग सञ्चालन गर्ने वातावरण बनाउने बताएका छन् । बुटवल जेसिजले शनिबारदेखि सुरु गरेको जेसिज सप्ताहको उद्घाटन गर्दै उनले आफूले उद्योग सञ्चालनको वातावरण बनाउने र युवालाई उद्योगी बनाउने अभियान सञ्चालन गर्न जेसिजलाई आग्रह गरेका छन् । ‘देशलाई समृद्ध बनाउने हो भने उद्यमशीलता विकास गर्न आवश्यक छ ।’ उनले भने–“त्यसका लागि वातावरण बनाउन म तयार छु ।” जेसिज सप्ताहको पहिलो दिन शनिबार सामाजिक विकासमा योगदान पुर्याएका चार जनालाई सम्मान गरिएको छ । बुटवललाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै समाजसेवी गणेशमान सैंजु, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मुटु अस्पतालका अध्यक्ष एजाज आलम, शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै प्राध्यापक आनन्दमान सिंह शाक्य र नेपालमै नवीन व्यवसाय अष्ट्रिज चराको व्यावसायिकपालन गरेका अष्ट्रिज नेपालका सिपी शर्मालाई उद्योगमन्त्री जोशी र बुटवल जेसिजका अध्यक्ष राजु पौडेलले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । यहि भदौ ३० गतेसम्म सञ्चालन हुने उक्त जेसिज सप्ताहमा विभिन्न सामाजिक काम गरी मनाइने कार्यक्रम रहेको संयोजक यमप्रसाद तिवारीले बताएका छन् ।

nabindra raj joshi udhyog mantri

विशेष