News

‘डान्सबारमा आएर मनोरन्जन गर्नेलाई रातभरी शान्ती सुरक्षा दिन सक्दैनाै’ - आईजीपी अर्याल

‘डान्सबारमा आएर मनोरन्जन गर्नेलाई रातभरी शान्ती सुरक्षा दिन सक्दैनाै’ - आईजीपी अर्याल
upendra-aryal भदौ २५ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले डान्स बारमा रातभरी मनोरञ्जन गर्नेहरुलाई प्रहरीले सुरक्षा दिन नसक्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको आईजीपी अर्याल र नागरीकवीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्यालले यस्तो बताएका हुन् । ‘डान्सबारमा आएर मनोरन्जन गर्नेहरुलाई प्रहरीले रातभरी शान्ती सुरक्षा दिन सक्दैन’, उनले भने, ‘कसैको रेष्टुरेण्ट र बार सञ्चालन नगर्न हामीले निर्देशन दिएका छैनौँ । तर मर्यादा भने कायम गर्नु जरुरी हुन्छ ।’ डान्सबारमा रातभर सुरक्षा दिन नसक्ने बताएका अर्यालले मादक पदार्थ पिएर कुनै पनि सवारी साधन नचलाउन आग्रह गरे । ‘हामीले मापसे गरेर सवारीसाधन नचलाउनु मात्रै भनेका हौं’, उनले भने, ‘यसले मानवमा अनुशासनको विकास गराओस भन्ने हाम्रो उद्धेश्य हो ।’ मुस्कानसहितको प्रहरी सेवा र प्रहरी मेरो साथी अभियान आमनागरिकसँग नजिक हुने उद्धेश्यले ल्याइएको उनको भनाइ थियो । यी कार्यक्रम सफल पार्न आमनागरिकसमक्ष आग्रह गर्दै अर्यालले प्रहरीले आमनागरिकको दुखःसुखमा साथ दिने बताए । प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि प्रहरीहरुले अपराधीसँग उठबस वा संगत गरेको जानकारी पाएमा तत्काल कारबाही गर्ने चेतावनी दिए । पछिल्लो समयमा चोर र अपराधीहरुले नयाँ प्रविधि प्रयोग गरिरहेको उनको भनाई छ । ‘डान्सबारमा आएर मनोरन्जन गर्नेहरुलाई प्रहरीले रातभरी शान्ती सुरक्षा दिन सक्दैन’, उनले भने, ‘कसैको रेष्टुरेण्ट र बार सञ्चालन नगर्न हामीले निर्देशन दिएका छैनौँ । तर मर्यादा भने कायम गर्नु जरुरी हुन्छ ।’ उनले कार्यक्रममा बिचौलीयालाई जिल्ला प्रहरी कार्यालयमा प्रवेश निधेष गर्न पनि निर्देशन दिएका छन् । पडित व्यक्तिहरुमाझ प्रहरीको पहुँच पुर्याउन आग्रह गर्दै उनले पीडामा परेको व्यक्तिसँग कुनै विचौलिया जिल्ला प्रहरी कार्यालयहरुमा आएमा उनीहरुलाई रोक्न पनि उनले निर्देशन दिए । ‘जबसम्म पीडामा परेको व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा आउँदा पनि बिचौलिया प्रयोग गर्दछ तबसम्म सिंगो प्रहरीको निष्पक्षतामा प्रश्नचिन्ह खडा हुन्छ’, उनले भने, ‘त्यसैले आमनागरिकसँग प्रहरीको पहुँच पुर्याउनु पर्दछ ।”

dance bar dig Pokhara upendra aryal

विशेष