News

पर्वतमा जीप दुर्घटना ३ काे मृत्यु

पर्वतमा जीप दुर्घटना ३ काे मृत्यु
Accident भदाै - २५ । उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग.१ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्यु भएको छ, भने कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य सातजना घाइतेको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए । सवारी चालक रिमबहादुर फगामीलाई नियन्त्रणमा लिइएको बताइएको छ । कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

dughatana jeep Parbat

विशेष