News
शाही युवा शक्ति नेपालले दियाे संविधान जलाउने चेतावनी
शनिबार, २५ भदौ २०७३ गते प्रकाशित

भदाै - २५ । शाही युवा शक्ति नेपालले असोज ३ गते रत्नपार्कमा संघीय संविधान जलाउने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शाही यूवा शक्ति नेपालले राजासहितको हिन्दुराष्ट्र र हिन्दुराष्टसहितको राजसंस्थाको पुनः स्थार्पना नभएसम्म संविधान आफुहरूलाई मान्य नहुने भन्दै संविधान जलाउने चेतावनी दिएको हो ।
युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने,‘हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने ‘अब हामी हतियार उठाउँछौ, शसक्त आन्दोलन गर्छौँ ।’
आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भएयता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको छ । अध्यक्ष खड्काले भने,‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको ईशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।’
भूकम्पपीडितलाई वर्तमान सरकारले राहत तथा पूर्न:स्थापना गर्न नसकेको बताउँदै भने,‘यी विदेशी खुुसघोरहरुलाई यो देशको माया नै छैन, आज राजा यो देशमा भएको भए सारा नेपालीहरुले सुखको सास फेर्ने थिए, भूकम्पपीडितको आज यो हालत हुँदैन्थ्यो, त्यसैले मुलुकको विकास र जनताको जिविका माथि उकास्नपनि राजतन्त्र अनिवार्य आवश्यकता हो ।’
jalaune
sambidhan
shahi youba shakti nepal