विदेश

रु. ५० लाख रुपैया फिर्ता नगरे परिवार सहित ज्यान मार्ने धम्की

रु. ५० लाख रुपैया फिर्ता नगरे परिवार सहित ज्यान मार्ने धम्की
indika भदौ - २५ । भारतको अलिगडको खैर विधानसभा सीटको बीएसपी घोषित प्रत्यासी अरुण फौजीले टिकट काट्ने सुमायावतीको विरुद्ध मोर्चा खोलेको छ । टिकटका लागि मायावतीले एक करोड रुपैया लिएको अरुणले बताएका छन् । उनले ५० लाख रुपैया फर्काएका छन् भने ५० लाख रुपैया फर्काएका छैनन् । यस्तैमा यो रकम नदिएमा उनी लखनउ स्थित मायावतीको आवास बाहिर परिवार सहित आत्महत्या गर्ने बताएका छन् । मायावती माथि बीएसपी छोड्ने नेता स्वामीप्रसाद मौर्या आरके चौधरीले पनि टिकट बेचेको आरोप लगाएका छन् । अरुण फौजीले भनेका छन् आफ्नो र उनको पिताको सम्पूर्ण सम्पत्ती र साथीबाट ऋण लिएर टिकटका लागि मायावतीलाई एक करोड रुपैया दिएका थिए । पछिल्लो वर्ष उनले उम्मेदवार घोषित गरेको थियो । अरुणका अनुसार २ वर्ष देखि चुनावमा उनले केही लाख रुपैया खर्च गरेका थिए । केही दिन पहिले मायावतीले उनलाई बोलाएकी थिइन् । त्यहाँ पुग्दा उनले एक करोड मागेकी थिइन् । उनले एक करोड दिन असमर्थता जनाएका थिए । कही समय यता यूपीमा हुनेवाला विधानसभा चुनावलाई देखेर बसपामा हालत खराब रहेको छ । स्वामीप्रसाद मौर्या र आरके चौधरी जस्ता ठूला नेताले बहुजन पार्टी छोडी सकेका छन् । यि नेताले पनि मायावती माथि टिकट बेचेको आरोप लगाएका थिए । यसका साथै यि नेताहरुले मायावती माथि पैसाको लालचका कारण कम पैसावालालाई टिकट काटेर धेरै पैसा हुने वालालाई टिकट बेचेको आरोप लगाएका छन् ।

India

विशेष