विदेश
पेरुमा ६.१ रेक्टर स्केलको भूकम्प गयो
शनिबार, २५ भदौ २०७३ गते प्रकाशित

भदौ - २५ । दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार बिहान ठूलो भुकम्प गएको छ । त्यहाँ ६.१ रेक्टर स्केलको भूकम्प गएको समाचारहरुमा जनाइएको छ ।
उत्तरी पेरुको मोयोबाम्बा सहरदेखि ५० किलोमिटर उत्तरपूर्वलाई केन्द्र बनाएर सो भूकम्प गएको जनाइएको छ ।
भूकम्प ठूलो भए पनि त्यसको केन्द्रविन्दु जंगलमा परेको हुनाले कम मानवीय क्षति हुने अपेक्षा गरिएको जनाइएको छ । एजेन्सी
Earth Quake
Peru