News

‘सृष्टि र दृष्टि’ नामक कृति सार्वजनिक

‘सृष्टि र दृष्टि’ नामक कृति सार्वजनिक
dristi-shristi भदाै - २५ । तीर्थराज आचार्यद्वारा लिखित ‘सृष्टि र दृष्टि’ नामक कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजशास्त्र, शिक्षाशास्त्र तथा राजनीतिशास्त्रका इतिहासलाई खोज गरिएको छ । त्यसैगरी साहित्यमा बिम्ब र प्रतिबिम्ब, दृष्टि र सृष्टि, राष्ट्रिय र राष्ट्रियताजस्ता विषयमा समेत लेखिएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकमा प्राचीन समयको सामाजिक बनोट तथा दार्शनिक र राजनीतिक गतिविधिलाई समावेश गरिएकाले त्यस्ता विषय अध्ययनका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले कृतिमा माक्र्सवादी चिन्तनको राम्रो विश्लेषण रहेका साथै अर्घाखाँचीको सामाजिक र सांस्कृतिक पक्ष रहेको बताउँदै त्यहाँको भूगोललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन पुस्तकले सहयोग गर्ने बताए । पूर्वमन्त्री प्रदीप नेपालले चार दशक अगाडि कर्णालीको वास्तविक अवस्थालाई समेत पुस्तकमा समावेश गरी त्यस क्षेत्रको पूर्वाधार तथा विकास निर्माणमा सो कृतिले पथप्रदर्शन गर्ने विचार व्यक्त गरेका छन् । प्रा डा दुर्गा अर्यालले संस्मरणात्मक राजनीतिक इतिहास उल्लेख भएकाले पुस्तकले ज्ञान प्रदान गर्ने बताए । लेखक आचार्यले विगतमा शिक्षा प्राप्त गर्ने माध्यम गुरुकुल रहेको त्यहाँबाट उत्पादन हुने विद्यार्थी नैतिकवान र राष्ट्रका लागि योगदान गर्न सक्ने बताए  ।

shristi raw dristi

विशेष