विदेश

मुटुको सफल शल्यक्रियापछि मात्र क्रिस गेलको आमा बुवालाई बताइयो

मुटुको सफल शल्यक्रियापछि मात्र क्रिस गेलको आमा बुवालाई बताइयो
krish-gyale भदौ – २५ । अन्तराष्ट्रिय क्रिकेटकै विष्फोटक खेलाडीको रुपमा परिचित वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो छवि बदलिनुमा शल्यक्रिया भएको खुलासा गरेका छन् । किताबको अनावरण कार्यक्रमका लागि भारत भ्रमणमा रहेका गेलले सन् २००५ मा अष्टे«लियामा मुटुको शल्यक्रिया गर्नु नै छवि बदलाउका कारण बनेको खुलासा गरेका हुन् । उनले शल्यक्रियापछि जीवनको आनन्द उठाउन सुरु गरेको बताएका छन् । अस्ट्रेलिया भ्रमणको क्रममा गेलको मुटुको शल्यक्रिया भएको थियो । उनको मुटुमा प्वाल देखिएको थियो । उनको आमा–बुवालाई पनि शल्यक्रिया सफल भएपछि मात्र जानकारी दिइएको थियो । शल्यक्रियाका कारण गेलले एडिलेटको तेस्रो तथा अन्तिम टेष्ट खेलेका थिएनन् । उनले शल्यक्रियापछि आफूलाई जीवनको महत्व थाहा भएको बताए । गेलले आफ्नो आत्मकथा ‘सिक्स मसीन’ को अनावरण कार्यक्रममा भने, ‘कसैलाई थाहा थिएन, अस्ट्रेलियामा मेरो मुटुको शल्यक्रिया भइरहेको थियो । मेरो आमाबुवालाई पनि बताइएको थिएन ।’ उनले यो आफ्नो जीवन परिवर्तन गर्ने घटना भएको बताए । उनले भने, ‘यसपछि मैले आनन्द उठाउन थालेँ जुन अहिले पनि कायमै छ ।’

Chris Gayle

विशेष