News

हुलाकी राजमार्गको कार्यलाई द्रतगतिमा बढाइने मन्त्री लेखकको भनाई

हुलाकी राजमार्गको कार्यलाई द्रतगतिमा बढाइने मन्त्री लेखकको भनाई
Ramesh Lekhak भदौ - २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेका र यसको निर्माण कार्यलाई दु्रतगतिमा अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेस सप्तरीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले सरकार हुलाकी सडक निर्माण कार्यमा देखिएका चुनौतीलाई समाधान र व्यवस्थापन गर्न प्रतिबद्ध रहेको बताए । उनले सफलताप्रति विश्वास गर्न आग्रहगर्दै गुणस्तरीय सडक निर्माणका लागि विभिन्न संयन्त्र परिचालन गरिएको पनि बताए । लामो समयदेखि अवरुद्ध सप्तरीको रुपनी–गाईघाट तथा छिन्नमस्तादेखि भारतीय सिमाना सम्म जोडिने सडकलाई समेत निर्माण गरिने पनि उनले बताए।रासस

hulaki rajmarga Ramesh Lekhak

विशेष