विदेश

बग्दादको एक व्यापारिक महलमा विष्फोट, १६ काे मृत्यु

बग्दादको एक व्यापारिक महलमा विष्फोट, १६ काे मृत्यु
भदौ - २५ । बग्दादको व्यस्त व्यापारिक महलमा शुक्रबार भएका दुई विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १६ पुगेको छ । पछिल्लो सूचनाअनुसार पूर्वी बग्दादको नखिल महलमा विष्फोटका कारण १६ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका, इराकी प्रहरी स्रोतबाट थाहा भएको छ । Iraq शुक्रबार मध्यरातमा केही मिनेटको अन्तरालमा भएका विष्फोटमा यसअघि प्राप्त सूचनामा ११ जनाको मृत्यु भएको र २९ जना घाइते भएको प्रहरीले बताएको थियो । उक्त स्थानलाई घटनापछि इराकी प्रहरीले घेराबन्दी गरी विष्फोट गराउन मद्दत गर्ने समूहका जीवित सदस्यको खोजी जारी राखेको छ । विष्फोटमा घाइते भएका सबै बिरामीलाई स्थानीय विभिन्न अस्पतालमा भर्ना गरी उपचार सेवा प्रदान गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या थप हुन सक्ने जनाइएको छ । सिन्ह्वा

Bagdad Iraq Iraq Attack

विशेष