ताजा खबर विदेश

तान्जानियामा शक्तिशाली भूकम्पमा परी ११ जनाको ज्यान गयो

तान्जानियामा शक्तिशाली भूकम्पमा परी ११ जनाको ज्यान गयो

tanjaniya भदौ २६ । तान्जानियामा शक्तिशाली भूकम्प गएको छ । युगाण्डा र रुवाण्डाको सीमा नजिक रहेको भिक्टोरिया ताल केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । भूकम्पमा परि एक सय ९२ जना घाइते भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा ठूलो मात्रामा भौतिक क्षति भएको देखिएको छ ।

भूकम्पका कारण बुकोबा शहर बढी प्रभावित भएको छ । ७० हजार भन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घर भत्किएका छन् ।

Earthquake

विशेष