खेल ताजा खबर News

ला लिगा फुटबलमा रियल मड्रिडको लगातार तेस्रो जित

ला लिगा फुटबलमा रियल मड्रिडको लगातार तेस्रो जित

ronaldo भदौ २६ । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो सिजनको पहिलो खेलमा गोल गरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले गोल गरे । रोनाल्डोको गालेसंगै रियल मड्रिडले लगातार तेस्रो जित दर्ता र्गयो । रियलले ओसासुनालाई ५–२ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डो, डानिलो, सर्जियो रामोस, पेपे र लुका मोड्रिकले एक एक गोल गरे ।

jidan

खेलको ७९ औं मिनेटमा बोनिन वासक्वज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सीमित भएको थियो । जितसँगै रियल मड्रिड ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

sports

विशेष