अपराध सुरक्षा विदेश News

बिरामीलाई आइसियुमै बलात्कार गर्ने दुई डाक्टर पक्राउ

बिरामीलाई आइसियुमै बलात्कार गर्ने दुई डाक्टर पक्राउ

doctor

भदौ २६ । बिरामीलाई बलात्कार गरेको आरोपमा भारतमा दुई डाक्टर पक्राउ परेका छन् । एपोलो अस्पातालको इन्सेन्टिभ केयर युनिट आईसीयुमा उपचार गराईरहेकी एक २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा सघाउने अर्का डाक्टर पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनामाथि बलात्कार र महिला माथि दुव्र्यबहार गरेको मुद्दा लगाइनेछ ।

प्रहरीका अनुसार चिकित्सकले बिरामीलाई अचेत हुने औषधी खुवाएर बलात्कार गरेका थिए । डेंगुको उपचारका लागि पुगेकी उनीमाथि दुईपल्ट बलात्कार भएको प्रहरी इन्स्पिेक्टर के के पान्डेले बताएको द इन्डियन एक्सप्रेसले जनाएको छ । एपोलो अस्पतालले सो घटनामा संलग्न चिकित्सकलाई कडा कारबाही गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोले यसबारेमा हामी थप अनुसन्धान गरिरहेका छौ’ एपोलो अस्पतालका अधिकारी सन्दीप जोशीको भनाई उद्घृृत गर्दै भारतको एनडीटीबीले जनाएको छ । सन् २०१२ मा दिल्लीमा बसभित्रै एक मेडिकल छात्राको बलात्कारपछि हत्याको घटनापछि भारतमा बलात्कारलाई निकै चासो दिइन्छ । सो घटनापछि भारतमा बलात्कारबिरुद्ध कडा नियम बनाइएका छन् । भारत सरकारले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने नयाँ व्यबस्था गरेको छ

Apolo hospital

विशेष