ताजा खबर News

ग्रिल उद्योगमा कामगर्ने मजदुरको करेन्ट लागेर मृत्यु

ग्रिल उद्योगमा कामगर्ने मजदुरको करेन्ट लागेर मृत्यु

death-main भदौ २६ । ग्रिल उद्योगमा काम गर्ने क्रममा तनहुँमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं ३ स्थित दाजुभाइ ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँका ६५ वर्षीय कलिलुम मियाँको गएराति मृत्यु भएको हो ।

काम गर्ने सिलसिलामा शनिबार साँझ करेन्ट लागेर अचेत अवस्थामा रहेका मियाँको दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । उक्त उद्योगमा काम गर्ने अरु कामदार नभएको समयमा करेन्ट लागेका कारण पनि समयमा उपचार पाउन नसकेको प्रहरीले जनाएको छ । 

Death in Nepal

विशेष