News

राष्ट्रहितविपरीत भारतमा सम्झौता गर्दिनँ, ढुक्क हुनूस्– प्रचण्ड

राष्ट्रहितविपरीत भारतमा सम्झौता गर्दिनँ, ढुक्क हुनूस्– प्रचण्ड

prachanda-nepalaaja

भदौ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नहुने बताएका छन् । आइतबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय श्रम समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हित विपरीत कुनै पनि कार्य नगर्ने भएकोले ढुक्क हुन आग्रह गरेका हुन् । बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘सबैको राय सुझावका आधारमा अगाडि बढ्ने छु । आफूखुसी निर्णय लिन्न ।’

संविधानलाई लिएर मधेसी जनताले देखाएको असन्तुष्टि चाँडै कुनै सहमतिमा पुगेर टुंगिने पनि प्रधानमन्त्रीले बताए । उनले भने, ‘म भोली मधेस जाँदैछु । मधेसी जनताको भावना पनि बुझेरै भारत जानेछु ।’

नेपालले अपनाउनु पर्ने विदेश नीति नेपालको इतिहास, भूगोल र संस्कृतिअनुसार नै तय हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यो भन्दा बाहिर जानु उपयुक्त नहुने धारणा राखे । भारत भ्रमणलाई चुनौतीका रुपमा लिएको बताउँदै उनले त्यसलाई अवसरमा बदल्ने कोसिस गर्ने जानकारी दिए ।

विशेष