News

हलेसी - दिक्तेल सडक अवरुद्व

हलेसी - दिक्तेल सडक अवरुद्व
diktel भदौ - २६ । खोटाङको दिक्तेल–हलेसी सडक अवरुद्ध भएको छ । सडक केही दिनदेखि परेको वर्षाका कारण अवरुद्ध भएको यातायात व्यवसायीहरुले बानएका छन् । वर्षाका कारण सडक हिलो भएको तथा विभिन्न ठाउँमा खाल्डाखुल्डी बनेकाले अवरुद्ध भएको हो । वर्षाका कारण जेठ पहिलो हप्तादेखि बन्द रहेको सडकमा दुई हप्ता अघिदेखि गाडी चलाउन थालिएको थियो । दिक्तेल–हलेसी सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा ४२ किलोमिटरको दूरी पैदल हिँड्न बाध्य भएका छन् । काठमाडौं तथा तराईका विभिन्न जिल्ला जानेआउने प्रमुख मार्गका रुपमा रहेको दिक्तेल–हलेसी सडक अवरुद्ध भएपछि शहर जाने र आउने नागरिक तथा सामान ढुवानी गर्ने व्यापारीलाई समस्या भएको छ ।

विशेष