
भदौ २६ । इजिप्टमा सुत्केरी महिलाहरुले आफ्ना शिशुको लागि सरकारी छुटको बेबी मिल्क प्राप्त गर्न अनिवार्य रूपमा स्तन परीक्षण गराएर मिल्क प्राप्त गर्न जरुरी भएको-नभएको प्रमाणित गराउनुपर्ने भएको अन्तर्राष्ट्रिय समाचार संस्था डेली मेलले जनाएको छ ।
इजिप्ट सरकारले जारी गरेको नयाँ नियमअनुसार अब सुत्केरी महिलाहरुले आफ्नो स्तन सरकारी निकायबाट परीक्षण गराएर आफू बच्चालाई दूध खुवाउन असक्षम रहेको प्रमाणित गराउनु पर्नेछ र अनिमात्र सरकारी छुटको बेबी मिल्क प्राप्त गर्न सक्नेछन् ।
सोमबारसम्ममा उनीहरुले स्तान जाँच गराइसक्नु पर्नेछ र सरकारी छुटको बेबी मिल्क पाउन योग्यताको डाक्टरबाट प्रमाणित कागज लिनुपर्नेछ ।
मिडिल इष्ट आइका अनुसार इजिप्टको स्वास्थ्य मन्त्रालयले हरेक वर्ष ५१ मिलियन डलरबराबरको बेबी मिल्क वितरण गर्ने गर्छ । तर, हालसालै बेबी मिल्कमा भएको ४० प्रतिशत मूल्यवृद्धिले गर्दा सरकारले छुटको बेबी मिल्क वितरण गर्ने प्रावधान कडा बनाउनुपरेको बताएको छ ।
यस नयाँ प्रावधानअनुसार एकभन्दा बढी बच्चा हुनेहरु, पूर्ण समय काम गर्ने महिलाहरु तथा उच्च रक्तचाप, मधुमेह स्वास्थ्य समस्या भएकाहरु पहिलो प्राथमिकतामा पर्नेछन् ।
brest
ijipt