News

भुकम्प पीडितले राहत नपाएकाे सांसदहरुकाे गुनासाे

भुकम्प पीडितले राहत नपाएकाे सांसदहरुकाे गुनासाे
bicc भदाै - २६ । व्यवस्थापिका–संसद्को अाइतबारको बैठकको शून्य समयमा सांसदहरुले भूकम्पपीडित जनताले सहज रुपमा राहत तथा अनुदान रकम पाउन नसकेकोमा गुनासो गरेका छन् । स्थानीय तथा राष्ट्रिय समस्या बारे सदनलाई जानकारी गराउँदै उनीहरुले भूकम्पपीडितको लाभग्राही सूचीमा अझैपनि पीडित व्यक्ति छुटेकाले त्यस्ता व्यक्तिलाई तत्काल राहत रकम उपलब्ध गराउन र सुकुम्बासीे समस्या सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् । धादिङ, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पपीडितको लाभग्राही सूचीमा करिब ४० प्रतिशत पीडित छुटेको भन्दै उनीहरुलाई तत्काल सूचीमा राखेर पहिलो किस्ताको रकम दिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्तै सांसदहरुले मुग्लिन–नारायणगढ राजमार्ग विस्तारको नाममा यात्रुले हैरानी भोगिरहेको र नजिकदो चाडपर्वको समयमा थप हैरानी बेहोर्नुपर्ने अवस्था आएकाले यो समस्यालाई तत्काल समाधान गर्न जोड दिएका छन् । शुक्लाफाँटा आरक्ष विस्तार हुँदा स्थानीय पीडित भएकाले उनीहरुलाई तत्काल राहत दिन र गल्छी– रसुवागढी सडकखण्ड विस्तारमा भइरहेको ढिलाइप्रति पनि उहाँहरुले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए । स्थानीय पुनःसंरचना आयोगले प्रस्ताव गरेको पुनः संरचनाको प्रस्ताव व्यवहारिक नभएकाले त्यसले स्थानीय तहमा विवाद बढाएको र स्थानीय जनतालाई सेवा दिने भन्दा दुःख दिने मनसायले उक्त प्रस्ताव आएकोे सांसदहरुको भनाइ छ । यसरी धारणा राख्नेमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेश पहाडी, गीता वाग्ले, गुरुप्रसाद बुर्लाकोटी, चन्द्रकान्त भण्डारी, चुडामणि विक जङ्गली, जनार्दन ढकाल, जुठबहादुर खड्गी टुहुरे, तारामान गुरुङ र तुलसा रानालगायतकाे उपस्थिति रहेकाे थियाे ।

BICC Samsad

विशेष