News

अविरल वर्षाका कारण आएको बाढीले नहर बगाएपछि विद्युत् सेवा ठप्प

अविरल वर्षाका कारण आएको बाढीले नहर बगाएपछि विद्युत् सेवा ठप्प
bidhut भदाै - २६ । म्याग्दीको दुर्गम गुर्जा गाविसमा अविरल वर्षाका कारण आएको बाढीले नहर बगाएपछि विद्युत् सेवा ठप्प बनेको छ । शनिबार स्थानीय इङ्लेखोला लघुजलविद्युत् आयोजनाको नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले बताएका छन् । उनका अनुसार बाढीले करिब २० मिटर नहर बगाउँनुका साथै खोलाबाट नहरलाई सुरक्षित गराउन लगाइएको १५ थान ग्याबिनसमेत बगाएको छ । वर्षा रोकिएपछि बगाएको नहर अस्थायी रुपमा मर्मत गरी विद्युत् उत्पादन सञ्चालन गराउने स्थानीयवासीले बताएका छन् । २०६८ सालमा निर्माण गरिएको ३० किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजनाबाट २२० घरधुरीमा विद्युत् सुविधा पुग्नाका साथै पिसानी मिल र नेपाल टेलिकमको टावरमा समेत विद्युत जडान गरिएको थियो । हालै उक्त आयोजनाको बेरिङमा खराबी आएपछि करिब ५० हजार लागतमा मर्मत गरिएको थियो ।

Banda bidhit Myagdi

विशेष