विदेश

अमेरिकामा ३ हजारले नाङ्गै साइकल कुदाए

अमेरिकामा ३ हजारले नाङ्गै साइकल कुदाए
nango-cycle भदौ - २६ । अमेरिकाको फिलाडेल्फियामा वार्षिक रूपमा नांगो मानिसले साइकल चलाउने समारोह हुने गरेको छ । हजारौं नग्न साइकलवालाले शरीरको सकारात्मक छवि, साइक्लिङको प्रवद्र्धन र इन्धन संरक्षणका लागि समारोहमा भाग लिने गरेको थियो । आठौं फिल्ली नेकेड बाइक राइड नाम दिइएको समारोहमा शनिवार करीब तीन हजार मानिस भेला भएका थिए । उनीहरूले फिलाडेल्फिया म्युजियम अफ आर्टनजिकको पार्कबाट साइक्लिङ शुरु गरेका थिए । कुल १२ माइलसम्म यो दौड चलेको थियो । यो वार्षिक दौड प्रतियोगितामा अन्डरवेयर, शरीरमा रंग पोताइ, जरी लगाउने वा फिटिक्कै केही नलगाउने मानिसले भाग लिएका छन् । केही चालकले बुवाआमाले नचिनून् भनेर मुखौटा लगाएका थिए भने केहीले जुत्ता मात्र लगाएका थिए । यस्ता नांगा साइकल हाँक्ने समारोह संसारभरि गरेका छन् । यो समारोहमा भने चालकहरूलाई सजिलो हुने तहसम्म नांगिन प्रेरित गरिन्छ । nakled naked

America naked cycling

विशेष