
भदाै - २६ । प्रत्येक शनिबार बजार पसल बन्द हुँदै आएको पाँचथरको सदरमुकाम फिदिमबजार अब भने खुल्ला हुने भएको छ ।
चाडपर्व नजिकिएका बेला किनेमेल गर्न सहज होस् भनेर तिहारसम्मलाई बजार खुल्ला गरिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष मित्रप्रसाद काफ्लेका अनुसार प्रत्येक शनिबार हाटबजार लाग्ने र त्यस वजारमा प्रायःजसो गाउँबाट किसान आउने हुँदा उनीहरुलाई दसैँ–तिहारमा सामान किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शनिबार पनि बजार खुल्ला गरिएको हो ।
शनिबार पनि बजार खुल्ला हुने भएपछि उपभोक्ता तथा स्थानीयवासीले पनि सहज महसुस गरेको राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष तुम्याङ नेम्बाङले बताएका छुन् ।
kirana pasal
panchthar
phidim