
भदौ - २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र आफ्नो रसायन (केमेस्ट्री) मिल्ने दाबी गरेका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय पत्रिका हिन्दुस्थान टाइम्सलाई अन्तरवार्ता दिएका प्रधानमन्त्री प्रचण्डले आफुहरु दुबैको कार्यशैली र सोच मिल्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तरवार्तामा भनेका छन्, ‘ हामी फरक फरक बिचार बोक्छौं । पृष्ठभूमीपनि फरक छ । तर, पराम्परागत सोच र कार्यशैली भन्दा पृथक हिसावले काम गर्नुपर्छ भन्ने दृष्टिकोणमा समानता छ ।’ उनले आफु भारतसँग मित्रवत् सम्बन्ध राख्न चाहेको बताए । उनले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिने पनि प्रष्ट पारेका छन् ।
Narendra modi
pm puspa kamal dahal prachanda