विदेश

युद्धविरामकाे घाेषणा भएपछि आक्रमण, ५८ को मृत्यु

युद्धविरामकाे घाेषणा भएपछि आक्रमण, ५८ को मृत्यु
pakistan-attack भदाै - २६ । सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ । रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको एक दिनपछि भएको यस हवाई आक्रमणहरुमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो । यो हवाई आक्रमणमा कुनै समूहको हात रहेको हो सो भने तत्काल प्रष्ट भएको छैन् । सिरियाको उत्तर प्रान्त इद्लिब र अलेप्पोमा सो आक्रमण भएको जनाइएको छ । सिरियामा युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौता अनुसार मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने दिन सोमबारबाट लागू हुने छ । अमेरिका र रसियाबीच भएको सो युद्धविराम सम्झौतको सिरियाली राष्ट्रपति बसर अल असदले शनिबार अनुमोदन गरेका थिए ।  मानव अधिकार वादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार इद्लिब सहरको बजार इलाकासहित लक्षित यस हवाई आक्रमणमा ५८ व्यक्तिको मृत्यु भएको छ । यो हवाई आक्रमण कुनै समूहले गराएको हो सो भने तत्काल प्रष्ट भएको छैन् ।  मारिएका यी व्यक्तिहरुमा १३ बालबालिका र १३ महिला रहेका बताइएको छ । अज्ञात समूहबाट भएको हवाई आक्रमणमा अलेप्पो सहरमा १२ सर्वसाधारण मारिएका छन् । त्यसैगरी अलेप्पो सहरमा नै भएको बमबारीमा १८ जना सर्वधारण मारिएका पनि अब्जभेटरीले जानकारी दिएको छ । सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो । सन् २०११ देखि जारी यस द्वन्द्वमा परी हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ । यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन् । -एएफपी

Attact Death syiria

विशेष