विचित्र विश्व विदेश

दाह्री जुँगा भएकी महिलाले गिनिज बुकमा नाम लेखाइन्

दाह्री जुँगा भएकी महिलाले गिनिज बुकमा नाम लेखाइन्
dari-junga संसारमा यस्ता कैयौँ मानिस हुन्छन् जो अरु भन्दा अलग भएका कारण संसारमा चर्चाका विषय बन्दछन् । यस्तैमा ब्रिटेनमा बस्ने हरनामले आफनो अलग रुपको कारण दुनियाभरी नै चर्चाका विषय बनेकी छिन् । यति मात्र नभएर उनको नाम गिनीज बुकमा समेत लेखिएको छ । हरनामले आफ्नो यो रुपसँगै मोड्लिङको दुनियामा कदम राखेर सबैलाई हैरान पारेकी छिन् । दाह्री जुँगावाली हरनामको तस्बीर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । हरनाम प्लास्टिक ओवरी सिंड्रोमबाट पीडित रहेकी छिन् । जसका कारण उनको शरीर सहित अनुहारमा पनि धेरै कपाल रहेको छ । उनले यो कपाललाई रोक्न धेरै कोसिस गरेपनि केही हुन सकेन अन्तत: उनले आफ्नो यो रुपलाई स्वीकारिन् । यस कारण हरनामले विभिन्न समयमा बेइज्जती पनि खेप्नु पर्‍यो । तर उनले घर परिवारको हौसलासगै हिम्मत हारिनन् । उनले सिख धर्मको मान्यता अनुसार कपाल नकाट्ने फैसला लिइन् । उनले यो वर्ष अन्तर्राष्ट्रिय र्‍याम्प समेत गरेकी थिइन् । 

bretain ginij book hernam

विशेष