News

चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग

चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग
chure-vaber भदाै - २६ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ । पार्टीले अाइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरेभावरसँग गरेको ९ बुँदे सम्झौतामा छुट्टै प्रदेश दिने सहमति भएको भन्दै चुरे क्षेत्रलाई छुट्टै प्रदेश बनाउन माग गरेका छन् । उनले मधेसी मोर्चासँग गरेको तीन बुँदे सम्झौता राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियता अखण्डता देशको हितविपरीत भएको बताएका छन् । तराईमा दुई प्रदेश बनाउँदा आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो । पार्टीले तराईको आन्दोलनका नाममा गम्भीर तथा जघन्य अपराधमा सङ्ग्लनलाई हदैसम्म कारबाही गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणमा फास्ट ट्र्याक र नौमुरे जलविद्युत् जस्ता राष्ट्रघाती सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् ।

chure bhabar rastgruya akata party

विशेष