News

१० वटा संसद बैठकमा उपस्थित नहुने सांसदहरुको सदस्यता खारेज हुने

१० वटा संसद बैठकमा उपस्थित नहुने सांसदहरुको सदस्यता खारेज हुने

भदौ २६ । सभामुख ओनसरी घर्तीले सूचना नदिइ लगातार दशवटा संसद बैठकमा उपस्थित नहुने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन् । आइतबार बसेको संसद बैठकमा सभामुख घर्तीले यस विषयमा सम्बन्धित दल र सांसदहरुको ध्यानाकर्षण गराएकी हुन्।

संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगायतार दशवटा बैठकमा अनुपस्थित रहे संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ। ‘सांसदहरुको न्युन उपस्थिति रहने कारणले संसदको गतिविधिमा असर परिरहेको छ,’ उनले भनिन्

‘दशदिनसम्म लगातार विना सूचना अनुपस्थित हुने माननीयज्युहरुको सदस्यता खारेज हुन सक्ने संवैधानिक व्यवस्थाप्रति दल र सम्बन्धित सांसदहरुको ध्यानाकर्षण होस् ।’ यसअघि शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा सांसदहरु आइएनजिओको कार्यक्रममा जाँदा संसदमा कोरम नपुगेपछि महत्वपूर्ण तीन विधेयक पारित हुन कसेको थिएन् ।

संसद बैठक सुचारु हुन सदस्य संख्याको एक चौथाइ सांसदको उपस्थिति आवश्यक पर्छ । सो संख्या नपुगेपछि शुक्रबार संसद बैठक स्थगित गरिएको थियो ।

BICC onsari gharti magar

विशेष