प्रवास News

उपचार हुन नसकेका बालकलाई अार्थिक सहयाेग

उपचार हुन नसकेका बालकलाई अार्थिक सहयाेग
jhapa भदाै - २६ । खर्च अभावमा उपचार हुन नसकेको दलित बालकको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेका छन् । त्रिपुराकोट–३ रल्लीका नर नेपालीको भाँचिएको हातको उपचारका लागि झापा दमक घर भई नेपालमा बस्ने सुष्मा लिम्बू र शशी लिम्बू, नवलपरासी त्रिवेणी घर भई कुवेत रहेका अच्युत श्रेष्ठ र बाग्लुङ घर भई हाल लन्डनमा बस्नुहुने कृष्णप्रसाद शर्माले संयुक्त रुपमा ४० हजार सहयोग गर्नुरेका छन् । शर्माले विदेशमा रहेर पनि नेपालका विपन्न व्यक्तिलाई आफ्नो संयोजकत्वमा खर्च जुटाई आर्थिक सहयोग गर्दै आएका । उनले खर्च अभावमा शिक्षा, स्वास्थ्य लगायतका सुविधाबाट वञ्चित बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन् । आर्थिक सहयोग जुटेपछि नेपालीको उपचार भएको छ ।

arthik sahayog Jhapa

विशेष