टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

भदाै - २६ । मोरङ्को तेतरिया चौकमा अाइतबार मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अनटेस्ट लेखिएको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
mahilako mirtue road accident