News

निजामती कर्मचारीको सरुवाको प्रक्रिया सुरु

निजामती कर्मचारीको सरुवाको प्रक्रिया सुरु

बिहीबारको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि मन्त्रालयले सरुवाका लागि प्रक्रिया थालेको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी गराएका छन् ।‘‘सरुवाका लागि निवेदनअनुसार सरुवामा योग्यता पुगेका कर्मचारीको छानबिनको प्रक्रिया थालेका छौ’’, उनले भने, ‘‘योग्यता पुगेका कर्मचारीलाई मन्त्रालयको आवश्यकताअनुसार सरुवा गर्छौं ।

’’उपसचिव ज्ञवालीले आउँदो शुक्रबारसम्म सरुवाका गर्नुपर्ने सबै कर्मचारीलाई सरुवा गरिसक्ने जानकारी गराए । नियमावलीअनुसार साउन मसान्तमा अन्तरमन्त्रालय सरुवा गरिसक्नुपर्नेमा सरकार परिवर्तन भएका कारण सरुवा एक महिनापछि धकेलिएको हो ।उनका अनुसार मन्त्रिपरिषद्ले मन्त्रालयले यही भदौ मसान्तसम्म अन्तरमन्त्रालय सरुवा गर्नुपर्ने, असोज १५ भित्र मन्त्रालय र असोज मसान्तसम्म विभागले सरुवा गरिसक्ने गरी नियमावली संशोधन गरिएको छ ।उपसचिव सरहको सरुवा सचिवले र शाखा अधिकृतसम्मको सहसचिवले सरुवा गर्न पाउने व्यवस्था भएपनि सरुवा हुन सकेको थिएन ।

उनले सरुवाका लागि निवेदन दिएकासँगै मन्त्रालयमा आवश्यक अन्य कर्मचारीको पनि सरुवा गरिने तयारी भइरहेको जानकारी गराए ।‘‘सरुवाका लागि निवेदन नदिएका कर्मचारीलाई पनि हामीले विभिन्न मन्त्रालयको आवश्यकताअनुसार सरुवा गर्ने तयारीमा छौँ’’, उनले भने, ‘‘केही मन्त्रालयले त्यस्ता योग्य कर्मचारीको माग गरेका छन् । हामीले कर्मचारीको योग्यताअनुसार सरुवा गर्छैँ ।”यस आर्थिक बर्षमा करिब तीन हजार २०० कर्मचारीले सरुवाका लागि निवेदन पेस गरेका छन् ।

karmachari saruwa samanya prasan mantralaya

विशेष