विदेश News

जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्ने संस्थाले दुई करोड पुरस्कार प्राप्त पाउने

जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्ने संस्थाले दुई करोड पुरस्कार प्राप्त पाउने
dfid भदौ – २६ । नेपालमा जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्थाहरुले करिब दुई करोड राशी पुरस्कार पाउने भएका छन् । बेलायती सहयोग नियोग डिएफआइडीको आइडियाज टु इम्याक्ट नामक विश्वब्यापी संस्थाले सो सहयोग गर्न लागेको हो । सरकारवाला संस्थाहरुलाई जानकारी दिने उद्देश्यले अनुकुल व्यापकता प्रवद्धन पुरस्कार एडेप्टेसन एट स्केलले राजधानीमा आइतबार कार्यशाला आयोजना गर्यो । कार्यशालामा बिभिन्न गैर सरकारी र निजी संस्थाका प्रतिनिधीलाई आवेदनको प्रकृया र योग्यताबारे जानकारी गराइएको थियो । देशका बिभिन्न क्षेत्र र भूगोलमा काम गर्ने संस्थाका प्रतिनिधीहरुलाइ प्राध्यापक डाक्टर मदन कोइरालाले आवेदनको प्रकृयाबारे अभिमुखिकरण कार्यशाला गराए । कार्यक्रममा राष्टिय योजना आयोगकका सदस्य सुनिलबाबु श्रेष्ठले नेपालजस्तो हिमाली भूगोल र पर्यटन र कृषिमा निर्भर देशको लागि जलवायु अनुकुलन उपयुक्त उपाय रहेको बताए । अनुकुलन व्यापकता प्रवद्धन पुरस्कार अन्तर्गत जलवायू परिवर्तनको अनुकुलनमा नविनतम समाधानका कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरुले आगामी असोज १४ भित्र आवेदन दिन सक्नेछन् । पुरस्कार दुई चरणमा वितरण हुने कार्यक्रमका टिम लिडर पुरुषोत्तम मान श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा १ लाख ५० हजार पाउन्ड स्टर्लिङको प्रोत्साहन पुरस्कार नेपालका उत्कृष्ट १५ संस्थालाइ बाँडिनेछ । दोश्रो चरणको पुरस्कारको राशी भने ३ लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । पहिलो चरणमा गरिब र अति जोखिममा रहेका नागरिकलाई सहयोगका लागि नविनतम उपायहरु प्रस्तुत गरेका संस्थाहरुको कार्यान्वयन प्रगतीका आधारमा दोश्रो चरणको पुरस्कारका लागि संस्थाहरु छनौट गरिनेछ ।  

dfid

विशेष