विदेश

फेसबुकले हटाएको तस्बिर फेरि किन राख्न दिने निर्णय गर्यो ?

फेसबुकले हटाएको तस्बिर फेरि किन राख्न दिने निर्णय गर्यो ?
भदौ–२६ । फेसबुकले केहि समय अघिमात्र १९७२ को भियतनाम युद्धको एउटा तस्बिर हटाउने निर्णय गरेपनि पुनः राख्न दिने निर्णय गरेको छ । facebook नर्वेका लेखक टम एजल्याण्डले पोस्ट गरेको तस्बिर नग्न भएको भन्दै फेसबुकले हटाएको थियो । तस्बिर हटाएपछि फेसबुकले सम्पादकको भूमिका खेलेको भन्दै आलोचना भएको थियो । धेरैले फेसबुकका प्रमुख मार्क जुकरबर्गले शक्तिको दुरुपयोग गरेको भन्दै आलोचना समेत गरे । नर्वेको मुख्य प्रत्रिकाका सम्पादकले फेसबुकका प्रमुख जुकरबर्गलाई खुल्ला पत्र लेखेका थिए । नर्वेकी प्रधानमन्त्री एर्ना सोलबेर्गले फेसबुकको निर्णयको स्वागत गरे । तस्बिर पोस्ट गर्ने लेखक एजल्याण्डले पनि ट्वीट गरेर खुसी व्यक्त गरेका छन् । तर यो विषयलाई खुला पत्रमार्फत चर्चामा ल्याएका एफ्टनपोस्टनका सम्पादक एगिलले यो तस्विर हटाउनु र फेरि राख्नु चासोको विषय रहेको बताएका छन् ।

Facebook facebook language

विशेष