अपराध सुरक्षा News

भेरी अञ्जल अस्पतालका चार जना डाक्टर बिरुद्ध अख्तियारमा मुद्दा

भेरी अञ्जल अस्पतालका चार जना डाक्टर बिरुद्ध अख्तियारमा मुद्दा

akhtiyar

भदौ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पताल, नेपालगंज बाँकेका निमित्त मेडिकल सुपरिटेन्डेन्टलगायत ४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखापाल मनिराम बर्मा र लेखा अधिकृत पदमबहादुर जिसीले आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाइलगायत विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरेको आरोपमा अख्तियारले उनीहरुमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  उनीहरुले एक करोड ६ लाख ८३ हजार सात सय ८६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

Aktiyar

विशेष