
भदौ २७ । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको एनए २१८ विमानमा समस्या आएको थियो ।
उडान भरको ३२ मिनेटमा विमानमा समस्या आएपछि भारतको इन्धिरा गान्धी विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानमा समस्या आउने वित्तिकै चालकले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकरी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गरिएको थियो । विमानका चालक दल र सवै यात्रु सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।
Nepal Airlince