विदेश

हिलारी क्लिन्टनलाई निमोनिया, चुनाव प्रचार कार्य रद्द

हिलारी क्लिन्टनलाई निमोनिया, चुनाव प्रचार कार्य रद्द
भदौ – २७ । अमेरिकाको राष्ट्रपतिको उम्मेद्वार डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनलाई निमोनिया भएको खबर बाहिर आएको छ । hilary kilntan शनिवार न्यूयोर्कस्थित एक कार्यक्रममा सहभागी भइरहेको समयमा हिलारी बिरामी परेकी थिइन् । शनिवार ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा हिलारीलाई उनका सहयोगीले कार्यक्रमबाट बाहिर लैजादैँ गरेको दृश्य देखिएको थियो । डा. लीसा बरडेककोअनुसार शुक्रबार नै हिलारीलाई निमोनिया भएको पत्ता लागेको थियो । उनलाई केही औषधि पनि दिइएको थियो तर शनिवारको दिन जब उनी कार्यक्रममा सहभागी भइन् उनको शरिरमा पानी कम भएको बताइएको छ । हिलारीको चुनाव प्रचार प्रसारमा लागेका एक कार्यकर्ताका अनुसार उनले क्यालिफोर्नियामा हुन लागेको आफ्नो कार्यक्रम रद्द गराएकी छिन् । हिलारी अस्वस्थ हुनुसँगै उता राष्ट्रपति चुनावमा रिपब्लीकाबाट उम्मेद्वार भएका उनका प्रतिस्पर्धी डोनल्ड ट्रम्पले हिलारीको स्वास्थप्रति प्रश्न उठाएका छन् । ७० वर्षीय डोनल्डले ६८ वर्षीय हिलारीलाई केही महिना अघि अमेरिकाको राष्ट्रपति बन्न र इस्लामीक चरम्पन्थिको सामना गर्न मानसिक र शारिरिक रुपमा असक्षम भएको आरोप लगाएका थिए । ट्रम्पको यस्तो अभिव्यक्तिलाई हिलारीका समर्थकले चर्को टिकाटिप्पणी समेत गरेका थिए ।

American precedent Hilary Clenton

विशेष