कोरियाले गरेको आणविक परीक्षणप्रति सरकारको ध्यानाकर्षण

भदौ - २७ । जनगणतन्त्र कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।
सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्धमा रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल सरकारले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रहसमेत गरेको छ । रासस
Korea
Nepal Sarkar
